पाँचथर । पाँचथरमा सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि विराटनगर र धनकुटा पु¥याउनुपर्ने बाध्यता छ । त्यहाँ पुर्याईएको स्वाब परीक्षणका लागि पालो कुर्नुपर्ने, परीक्षण प्रयोगशालामा निरन्तर समस्या हुने भएपछि एण्टिजेन परीक्षणको मात्रा बढाउँदै लगिएको छ ।
स्वास्थ्य कार्यालय, पाँचथर र स्थानीय तहले प्राथमिकतामा राखी एण्टिजेन विधिबाट सम्भावित सङ्क्रमितको परीक्षण गराउँदै आएका छन् । स्वास्थ्यकर्मीले भने पिसिआर परीक्षण बढाउनुपर्नेमा जोड दिइरहेका छन् । बुधबारसम्म जिल्लामा दुई हजार ७०९ जनामा कोरोना भाइरस सङ्क्रमण परीक्षण गरिएकामा दुई हजार २०० एण्टिजेन परीक्षण भएको छ । हालसम्म ५०९ जनाको मात्रै पिसिआर विधिबाट परीक्षण गरिएको छ । रिपोर्ट आउन हुने ढिलाइकै कारण जिल्लाको हिलिहाङ, याङवरक, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले हालसम्म पिसिआर परीक्षण विधिको प्रयोग गरेका छैनन् । हिलिहाङले ४३१ जना तथा कुम्मायकले ३१३ जनाको एण्टिजेन परीक्षण गरिसक्दा पिसिआर परीक्षण शून्य छ । अन्य चार वटा स्थानीय तहले पनि न्यून मात्रामा मात्रै पिसिआर परीक्षण गराएका छन् । सदरमुकाम रहेको फिदिम नगरपालिकामा ८१२ जनाको एण्टिजेन परीक्षण हुँदा ३३५ जनाको पीसीआर परीक्षण भएको छ । तराइका जिल्लासँग नजिक रहेको दक्षिणी मिक्लाजुङले समेत हालसम्म १०० जनाको पीसीआर र १२९ जनाको एण्टिजेन प्रविधिबाट परीक्षण गराएको छ ।
स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार रिपोर्ट आउन हुने ढिलाइलेपरीक्षणको मात्रा कम हुन गएको हो । यहाँ सङ्कलित स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर, कोशी अस्पताल विराटनगर र धनकुटा प्रयोगशालामा परीक्षण गर्ने प्रवन्ध सामाजिक विकास मन्त्रालय प्रदेश १ ले मिलाएको छ ।
सदरमुकाम फिदिमसहित आठ वटै स्थानीय तहका गाउँमासङ्क्रमण निकै तीब्र भएपछि सङ्क्रमितको शीघ्र पहिचानमार्फत सङ्क्रमण रोकथामका लागि ५५०० थान एण्टिजेन किट ल्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया