काठमाडौं। चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल भएको छ। खेलको तेस्रो मिनेटमै अन्जन विष्टको पेनाल्टी गोलमार्फत नेपालले अग्रता लिन सफल भएको थियो।
मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ‘डि-बक्स’ भित्र ताइपेइको खेलाडीको हातमा लाग्दा नेपालले पेनाल्टी पाएको थियो। सो पेनाल्टीलाई अन्जन विष्टले ‘राईट टप कर्नर’मा गोलमा परिणत गर्दा नेपालले अग्रता लिएको हो।
शुरुवाती ४५ मिनेटको अधिकांश समय नेपालले बलमा हैकम जमाए पनि खेलमा अरु कुनै गोल हुन नसक्दा मध्यान्तरसम्म नेपालले १-० को अग्रता लिन सफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया