काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र चिलेले १-१ गोलको बराबरी खेल खेलेका छन्।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रवार बिहान भएको खेलमा अर्जेन्टिना चिलेसँग बराबरीमा रोकिएको हो।
पहिलो हाफको २३औं मिनेटमा लियोनल मेस्सीको गोलमार्फत अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो। मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
तर पहिलो हाफकै ३६ औं मिनेटमा चिलेका सुपरस्टार खेलाडी एलेक्सिस सान्चेजले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। दोस्रो हाफमा दुवै टोलीबाट अरु गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो।
यस बराबरीसँगै अर्जेन्टिनाले ५ खेलमा ११ अंक जोडेको छ। अंक तालिकामा अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ। उता चिले भने मात्र ५ अंकसहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ।
शुक्रवार नै भएको अर्को खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल खेलेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया