काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका छन् ।
प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् ।
प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश ल्याएसँगै सर्वोच्चमा त्यसको विरुद्ध रिट परेको थियो ।
वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की र बालकृष्ण न्यौपाने लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए । त्यस्तै उक्त मुद्दाको आज नै सुनुवाइ गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया