काठमाडौं। चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचलले क्लबसँग दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।
गत साता चेल्सीलाई ‘युईएफए’ च्याम्पियन्स लिगको उपाधि जिताएका टुचलले शुक्रवार क्लबसँग नयाँ सम्झौता गरेका हुन्।
गत जनवरीमा फ्र्याङ्क ल्याम्पार्डको स्थानमा चेल्सीको प्रशिक्षणको जिमीवारी सम्हालेका टुचलले चार महिनामै चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाए।
त्यस्तै उनले चेल्सीलाई ‘एफए’ कपको फाइनलमा पुर्याउनुको साथै शीर्ष ४ मा पनि पुर्याउन सफल भए। सोही कारण क्लबले उनलाई भरोसा गर्दै शुरुको १८ महीने सम्झौता नसकिँदै अर्को दुई वर्षको सम्झौता थपेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया