इंग्लिश प्रिमियर लिगको ‘टिम अफ द इयर’ सार्वजनिक (सूचीसहित)

काठमाडौं। सन् २०२०/२१ इंग्लिश प्रिमियर लिगको ‘पीएफए टिम अफ द इयर’ सार्वजनिक भएको छ।

हरेक वर्ष ‘प्रोफेसनल फुटबलर एसोसिएसन’ले सार्वजनिक गर्ने ११ उत्कृष्ट खेलाडीको सूची शुक्रवार सार्वजनिक गरिएको हो। यस पटकको प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीका ६ खेलाडी सो टिममा पर्न सफल भएका छन्।

त्यस्तै टोटनह्याम र म्यान्चेस्टर युनाइटेडबाट समान २ खेलाडी र लिभरपुलबाट १ खेलाडी सो टिममा पर्न सफल भए।

गोलकिपर : एडरसन

म्यानचेस्टर सिटीका गोलरक्षक एडरसन टिम अफ द इयरको उत्कृष्ट गोलरक्षक चुनिएका छन्।

 

राईट ब्याक : जाओ कान्सेलो

म्यानचेस्टर सिटीका फुल्ब्याक यस टिममा राईट ब्याकको स्थानमा देखिए।

 

सेन्टर ब्याक : रुबेन डियास

म्यानचेस्टर सिटीले यसै सिजन भित्राएको पोर्चुगिज डिफेन्डर रुबेन सेन्टर ब्याकमा चुनिए।

 

सेन्टर ब्याक : जोन स्टोन्स

इंग्लिश तथा सिटीकै डिफेन्डर जोन स्टोन्स पनि यस टोलीमा अटाएका छन्।

 

लेफ्ट ब्याक : लुक श

 

म्यानचेस्टर युनाइटेडको यस वर्षका उत्कृष्ट खेलाडी श यस टोलीमा लेफ्ट ब्याकको भुमिकामा देखिए।

 

मिडफिल्डर : केविन डे ब्राइन

म्यानचेस्टर सिटीका स्टार प्लेमेकर डे ब्राइन यस टोलीको मिडफिल्डमा देखिएका छन्।

 

डिफेन्सिभ मिडफिल्डर : इलकाई गुन्डोगान

 

सिटीका अर्का खेलाडी गुन्डोगानले पनि यस टोलीमा आफ्नो स्थान सुनिश्चित गरेका छन्।

 

मिडफिल्डर : ब्रुनो फर्नान्डेज

पोर्चुगल तथा म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो यस सिजन उत्कृष्ट मध्येका एक खेलाडी रहे।

 

लेफ्ट विंगर : ह्यूङ मिन सन

सन यस सूचीमा पर्ने एकमात्र एसियन मूलका खेलाडी हुन्। टोटनह्याम हटस्परका स्टार सन लेफ्ट विंगरका रूपमा यस टोलीमा परे।

 

राईट विंगर : मोहम्मद सालाह

यस सिजन २२ गोल गर्न सफल भएका लिभरपुलका सुपरस्टार सालाह पनि यस सूचीमा अटाएका छन्।

 

स्ट्राइकर : ह्यारी केन

 

टोटनह्याम तथा इङ्ल्यान्डका स्ट्राइकर केन प्रिमियर लिगमा यस वर्ष सर्वाधिक गोलकर्ता तथा असिस्टकर्ता हुन्। उनी यस टोलीको नम्बर ९ बन्न सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?