काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको खिल्ली उडाउँदै मन्त्रिमण्डल पुनर्गठन गरेको आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले ओलीले संवैधानिक मर्यादाको निरन्तर आक्रमण गरिरहेका बेला मन्त्रिमण्डल पुनर्गठनले ओलीको चरित्र थप उदांगो भएको संकेत गरेका छन् ।
शुक्रवार ट्वीट गर्दै नेता केसीले अल्पमतमा रही कामचलाउ रुपमा रहेका र संवैधानिक प्रश्नको न्यायिक निरुपणको अवस्थमा रहेका ओलीले निर्वाचन घोषणा र अन्य गतिविधि गर्नु लोकतन्त्रको अलौकिक परम्परा कायम गरेको बताए ।
नेता केसीले ट्वीट गर्दै भनेका छन्-‘संवैधानिक मर्यादाको निरन्तर र निर्लज्ज शृंखलाबद्ध आक्रमण ओलीजी को नियुक्ति देखिकैहो।कामचलाउ,निर्वाचन घोषणा गरेको र संवैधानिक प्रश्नको न्यायिक निरूपणको अवस्थामा रहेका प्रमले मन्त्रिमण्डल पुनर्गठन गर्नुले लोकतंत्र र संविधानको खिल्ली उडाउदै, लोकतंत्रको अलौकिक परम्परा कायम गरेका छन।’
प्रधानमन्त्री ओलीले शुक्रवार आफूसँग ७ मन्त्रालय राख्दै १७ जना रहेको मन्त्रिमण्डल पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन् ।
‘संवैधानिक मर्यादाको निरन्तर र निर्लज्ज शृंखलाबद्ध आक्रमण ओलीजी को नियुक्ति देखिकैहो।कामचलाउ,निर्वाचन घोषणा गरेको र संवैधानिक प्रश्नको न्यायिक निरूपणको अवस्थामा रहेका प्रमले मन्त्रिमण्डल पुनर्गठन गर्नुले लोकतंत्र र संविधानको खिल्ली उडाउदै, लोकतंत्रको अलौकिक परम्परा कायम गरेका छन।
— Arjun Narasingha Kc (@ArjunNarasingha) June 4, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया