ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ समूहले अवसरको उपयोग गर्‍यो : सहमहामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपि शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समुहले अवसरको उपयोग गरेको टिप्पणी गरेका छन् ।

आज ओलीले मन्त्रिमण्डल गरेकोप्रति प्रतिक्रिया दिँदै सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए ।

पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताए । मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि लगाए । कोरोना संक्रमणको जोखिममा आफुविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभापनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको बताए ।

त्यस्तै प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफुहरुको विश्वास रहेको पनि नेता महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?