ललितानिवास जग्गा प्रकरण : शोभाकान्त ढकालसहित ४९ जनाविरुद्ध सूचना जारी (नामावलीसहित)

काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटास्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएकाहरुको नाममा सूचना जारी गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याएका ४९ जनाविरुद्ध आज काठमाडौं मालपोतले २१ दिने सूचना जारी गरेको हो ।

हाल प्रधानमन्त्री निवास बालुवाटारमा रहेको जग्गा आफ्नो नाममा बनाएकाहरुविरुद्ध सरकारकै नाममा ल्याउने प्रयोजनाका लागि मालपोत कार्यालयले सूचना जारी गरेको हो ।

उक्त मुद्दाका मुख्यआरोपी शोभाकान्त ढकालसहित ४९ जनाविरुद्ध सूचना सार्वजनिक गरिएको मालपोत कार्यालय काठमाडौंले जनाउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?