इङ्ल्यान्ड र न्युजिल्यान्ड बिचको पहिलो टेस्ट बराबरीमा सकियो

लोकपथ संवाददाता
70
Shares
England’s Joe Root (L) plays a shot on the fifth day of the first Test cricket match between England and New Zealand at Lord’s Cricket Ground in London on June 6, 2021. (Photo by Adrian DENNIS / AFP) / RESTRICTED TO EDITORIAL USE. NO ASSOCIATION WITH DIRECT COMPETITOR OF SPONSOR, PARTNER, OR SUPPLIER OF THE ECB

काठमाडौं।  इङ्ल्यान्ड भ्रमणमा रहेको न्युजिल्यान्डको टोलीले पहिलो टेस्टमा बराबरीको नतिजा प्राप्त गरेको छ।

आईतवार सम्पन्न पहिलो टेस्ट खेलमा २७५ रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको इङ्गल्याण्डले ३ विकेट गुमाएर मात्र १७० रन बनाउँदा खेल बराबरीमा सकिएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डको टोलीले पहिलो इनिङमा ३७८ रनको विशाल योगफल तयार पारेको थियो। न्युजिल्यान्डका लागि डेब्यू गरेका डेभोन कन्वेले सर्वाधिक २०० रनको योगदान दिएका थिए।

जवाफी ब्याटिङमा उत्रेको घरेलु टोलीले पहिलो इनिङमा मात्र २७५ रन बनाउन सक्यो। ओपनर जोइ बर्न्सको शतकीय पारीको बावजुद इङ्गल्याण्ड १०३ रनले पछि परेको थियो।

वर्षाका कारण चौथौं दिनको खेल रोकिँदा न्युजिल्यान्डले दोस्रो इनिङमा १६९ रन बनाएर पारी ‘डिक्लेय’र गर्यो। जवाफमा २७५ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको इङ्गल्याण्डले मात्र १७० रन बनाउँदा खेल बराबरीमा सकिएको हो।

इङ्ल्यान्ड र न्युजिल्यान्ड बिचको २ टेस्ट म्याचको शृंखलामा पहिलो खेल बराबरीमा सकिएपछि दोस्रो टेस्ट ‘जुन १०’ देखि ‘जुन १४’ सम्म ‘बिर्मिंहाम’मा खेलिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?