काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलका लागि नेपालले आफ्नो शुरुवाती ११ सार्वजनिक गरेको छ।
चाइनिज ताइपेइविरुद्ध र आजको शुरुवाती ११ मा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन परिवर्तन गरेका छन्।
आजको शुरुवाती ११ हेर्दा नेपालले डिफेन्सीभ खेलमा बढी प्राथमिकता दिएको प्रष्ट देख्न सकिन्छ। टोलीमा ५ डिफेन्डर सम्मिलित छन्।
अल्मुताइरीले गौतम श्रेष्ठको स्थानमा दिनेश राजवंशीलाई शुरुवाती ११ मा छानेका छन्। त्यस्तै सुनिल बलको स्थानमा अर्का डिफेन्डर विकास खवास आज मैदानमा देखिनेछन्।
त्यस्तै आजको खेलमा नेपालको तेस्रो परिवर्तन अग्रपंक्तिमा देख्न सकिन्छ। चाइनिज ताइपेइविरुद्ध शुरुवाती ११ मा परेका आशिष लामाको स्थानमा अभिषेक रिजालले आज मौका पाएका छन्।
नेपालको शुरुवाती ११ हेर्दा आज नेपालले ३ ब्याक फर्मेशनमा फुटबल खेल्ने अनुमान गरिएको छ। रक्षापंक्तिको जिम्मेवारी अनन्त तामाङ, रोहित चन्द र विकास खवासले लिने छन् भने दिनेश राजवंशी र सुमन अर्याल फुल्ब्याकको भुमिकामा रहने छन्।
जोर्डनविरुद्ध नेपालको खेल कुवेतको जबर अल हमद अन्तराष्ट्रिय रंगशाला अहिले ९:४५ बजे किक अफ हुँदैछ।
नेपालको शुरुवाती ११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया