काठमाडौं– दक्षिण पश्चिम ताइवानको चियायी क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ ।चियायीबाट ३०.७ किलोमिटर दक्षिण पूर्व केन्द्रबिन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।भूकम्पको झड्का चियायीका साथै ताइवान सिटी, काओसियुङ सिटी, युङलिन, पिन्टुङ नगरलगायतका क्षेत्रमा महशुस भएको समाचारमा जनाइएको छ ।अहिलेसम्म कुनै मानविय क्षति भएकोबारे कुनै जानकारी नभएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया