‘अब अर्को बेन्च गठनको सवाल आउन्न’

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र दीपककुमार कार्की संवैधानिक इजलासबाट नबाहिरिने भएसँगै आजको सुनुवाइ शुरु भएको हो । कानून व्यवासायीहरुले प्रश्न उठाएपछि स्थागित भइरहेको सुनुवाई अब कुनै कुरामा नरोकिने बताइएको छ ।

आज न्यायाधीशद्वय भट्टराई र कार्की संवैधानिक इजलासबाट नबाहिरिने भएसँगै अर्का न्यायाधीशद्वयले ईश्वरप्रसाद खतिवडाले अर्को इजलास गठनका लागि कसैको कुरा नसुन्ने बताएका छन् । सुनुवाइ शुरु गर्ने क्रममा उनले भने,‘अब बेन्च गठनबारे हामी कुनै पनि कुरा सुन्दैनौँ । यो लास्ट बेन्च हो बेन्च गठनको सवालमा । न्यायलाई अनावश्यक विवादमा ल्याउनका लागि हामी सबैले अस्तिको विवादको दिनलाई बिर्सनलायक दिन बनाउनुपर्छ ‘ ।

त्यस्तै मुद्दालाई छिट्टै टुंमा पुर्याउनका लागि आफू सबै एक ठाउँमा भएको बताउँदै ३० मिनेटको समय तोकिएको छ ।

‘समय हामीले जति तोकेका छौँ । समयको हकमा आधा घण्टा भन्दा दाँयाबायाँ हुनु हुँदैन । हिजो अस्तिको सन्दर्भ कोट्टयाउन चाहन्न । हिजोका सन्दर्भ हाम्रो नोटिसमा छ । कुन ढंगले सम्बोधन गर्ने हो त्यो कुरा हामीलाई जानकारीमा छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?