काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदबाट मुक्त भएको जिकिर गरेका छन् ।
आज रिट निवेदक विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवाको पक्षबाट बहस गर्दै अधिवक्ता थापाले त्यस्तो जिकिर गरेका हुन् ।
संविधानको धारा ७६(४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि ओली स्वत पदमुक्त हुने जिकिर गरे ।
बहसका क्रममा उनले भने- ‘विश्वासको मत ३० दिनभित्र लिनुपर्ने संविधानमा छ, उहाँले विश्वासको मत पाउन सक्दिन भनिसकेकाले उहाँ पदमुक्त भइसकेको अवस्था हो‘ ।
त्यस्तै संविधानले नै संसदीय प्रजातन्त्रको रक्षा गरेको बताउँदै संविधानको धारा ७६ बमोजिमको व्यवस्था संसदीय व्यवस्थासँग जोडिएकाले त्यसको कार्यान्वयन नहुँदा संविधान नै असफल हुने उनले जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया