मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसके के होला थप रणनीति ?

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेमा थप कदम चाल्ने आशंका गरिएको छ ।

बिहीवारका लागि प्रदेश सभा बैठक आह्वान गरि मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न लागेका छन् । तर उनले विश्वासको मत प्राप्त गर्न नसकेमा मध्यावधी निर्वाचन घोषणा गर्न सक्नेसम्मको सम्भावना रहेको बताइएको छ ।

मुख्यमन्त्री पदबाट राजीनामा दिएका गुरुङले पुनः ठूलो दलको नेताको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम पुनः नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक महिनामा विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सभा बैठक आह्वान गरिएपनि विश्वासको मत प्राप्त गर्ने आधार नदेखेपछि उनले मध्यावधी निर्वाचन घोषणासम्मको निर्णय लिनसक्ने स्रोतको दाबी रहेको छ ।

गत वैशाख २९ गते नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर विपक्षी गठबन्धनको दाबी नपुगेपछि प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको रूपमा गुरूङलाई पुनः नियुक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?