सभापति देउवाले भने- ‘भ्रममा नपरौँ तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुन्छ’ (वक्तव्यसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व निर्धारित मितिमा नै पार्टीको महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

सभापति देउवाले भदौमा महाधिवेशन हुँदैन भन्दै चर्चा चलिरहेका बेला पार्टीका नेता कार्यकर्ताहरुलाई स्पष्ट पारेका हुन् ।

वुधवार (आज) वक्तव्य जारी गर्दै सभापति देउवाले भनेका छन्- ‘यस्तो विषम परिरिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौँ महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहान्छु( २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनीक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान पनि हो र पार्टीको जिवन्तताका लागि विभिन्न कुरा उठ्ने गरेको सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक(पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् ।’

त्यस्तै पार्टी महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नका लागि पार्टी पंक्तीलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?