लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

सुनसरी । प्रहरीले सुनसरीको कोशी गाँउपालिका-८ भान्टाबारी स्थितबाट लागूऔषध खैरोहिरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भान्टाबारीका ४० वर्षीय शम्भु कबिरथ रहेका छन ।

उनलाइ विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनीउपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट थप कानुनी कारवाही बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?