काठमाडौं, २१ असोज-नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपाल किँरातीले आज राष्ट्रिय सभागृहमा बोलाइएको बैठक बहिस्कार गरेका छन् । उनले एमालेसँग गरिएको बाम गठबन्धनको विरोध गर्दै आएका छन् ।सोहिको असन्तुष्टि स्वरुप उनले बैठक बहिस्कार गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत आजको बैठकलाई प्रशिक्षणको संज्ञा दिँदै भनेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गइएन । ’उनले सम्भवतः भोली नेकपा माओवादी केन्द्र पुनरगठन समिति निर्माण गरिने पनि बताएका छन् । एमालेसँग माओवादीले गठबन्धन बनाएसँगै माओवादी अध्यक्षलाई उनले श्री प्रचण्ड भन्दै ब्यंग्य गर्दै आएका छन् माओवादीले गठबन्धन बनाएसँगै माओवादी अध्यक्षलाई उनले श्री प्रचण्ड भन्दै ब्यंग्य गर्दै आएका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया