दाइजोमा ग्यास र सिलिन्डर नदिएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

लोकपथ
665
Shares

काठमाडौं । सर्लाहीमा नवदुलहीमाथि कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट भएको हो ।

गएको वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो । विवाह भएको चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेपछि उनी माइत गएकी थिइन् ।

माइतीमा केही दिन बसेर उनी घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् उनीमाथि झनै धेरै दुर्व्यवहार भए पछि उनले माइतीलाइृ खबर गरिन् ।

कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराइरहेको छ । सर्लाहीको जिल्लाअस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारवाहीको माग गर्दै उजुरी दर्ता गराएपछि कुटपिटमा संग्लन पिडीत महिलाको श्रीमान ससुरालाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले लोकपथलाई बताए ।

‘पीडीत पक्षले आएर उजुरी दिनुभयो, हामीले तत्कालै जोगनारायण साह र उनका बाबुलाई पक्राउ गर्यौ । उनीहरुमाथि थप अनुसन्धान गर्दैछौं ।’ एसपी राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?