धनगढी । सेती प्रादेशिक अस्पतालमा कार्यरत एकजना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
अस्पतालको सिएसएसडी शाखामा महिला वार्ड एटेन्डेन्टको रूपमा कार्यरत सीता कुमालको बिहीवार राति मृत्यु भएको हो।
उनमा चार दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। २५ गते अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखी उपचारर भइरहेको थियो।
कोरोनाबाट संक्रमित भई सेती प्रादेशिक अस्पतालमा पहिलो पटक कर्मचारीको निधन भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया