काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज एसियाली ‘पावर हाउस’ अस्ट्रेलियाको सामना गर्दैछ।
कुवेतको ‘जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला’मा नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलिया बिचको खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजे शुरु हुनेछ। सो खेलको लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीमा ५ परिवर्तन गरेका छन्।
अभिषेक रिजाल, अन्जन विष्ट, सन्तोष तामाङ, दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ, सुनिल बल, विशाल राई, एरिक विष्ट र गौतम श्रेष्ठले अस्ट्रेलियाविरुद्धको खेलमा शुरुवात गर्नेछन्।
नेपालको शुरुवाती ११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया