एनआईसी एशिया बैंकले ल्यायो ‘प्रिमियम समुन्नति बचत खाता’

काठमाडौं– एनआई सी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ । मुलुकभरका कुनै पनि बैंकको कुनैपनि एटीएमबाट जतिपटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यो योजनामा राखिएको छ ।त्यसैगरी सो खातामा निशुल्क भिसा डेविट कार्ड÷क्रेडिट कार्ड÷मोबाइल बैंकि¨ सेवा÷डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।यसका साथै मासिक औसत रु १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै सो खाता खोलि मोबाइल बैंकि¨ सेवा लिएपछि एनटिसी वा एनसेल को रु १०० बराबरको रिचार्ज कार्ड टपअपसमेत निशुल्क प्रदान गरिने छ ।रु १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ सयका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनुका साथै खातामा निशुल्क गुडफर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा र व्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?