सांसद वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिँदै भने- ‘मैले आवश्यक्ता भन्दा बढी स्वतन्त्रता उपभोग गरेछु’

काठमाडौं । बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले आफूले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति आत्मओचित हुँदै उक्त भनाइ फिर्ता लिएका छन् ।

शुक्रवार प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री ओलीको हत्याका लागि नाघुराम गोट्से बन्नुपर्ने बताएका थिए । तर उनले बोलेका कुराहरुले शान्तिपूर्ण राजनीतिमा खलल पुग्ने भन्दै चौतर्फी आलोचना भएपछि आत्मआलोचना गर्दै रोस्टमबाट उक्त कुरा हटाउन माग समेत गरेका छन् ।

शुक्रवार त्यसै विषयमा आफ्नो धारणा राख्दै सांसद वैद्यले आफूले आवश्यक्ता भन्दा बढी नै स्वतन्त्रता उपयोग गरेको भन्दै आत्मआलोचना पत्र समेत पढेर सुनाएका थिए ।

‘आफूले आवश्यक्ता भन्दा बढी नै स्वतन्त्रता उपभोग गरेछु । जस्तो मैले फिल गरेँ ।’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?