काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता पौडेलले दिएको समय सकिएको छ ।
शुक्रवार नै कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन बहुमत सदस्यको दाबीसहित प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षरसहित उपस्थित भएका थिए ।
शुक्रवार प्रदेश प्रमुख पोखरेलले संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिएकी थिइन् । आज ३ बजेसम्मका लागि दिइएको समय सकिए पनि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तीको कुनैपनि प्रक्रिया अगाडी नबढाइरहेका बेला एमालेका तर्फबाट संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले समेत आफ्नो दाबी पेश गरेका छन् ।
मुख्यमन्त्री गुरुङले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका सांसदहरुको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको स्रोतले जनाएको छ । केही बेरअघि मात्रै जनमोर्चाबाट बर्खास्त भएका सांसद प्रदेश प्रमुखसँग भेटघाट गरेका थिए । यसअघि पनि प्रदेश प्रमुखले दिएको समयमा विपक्षी गठबन्धनको तर्फबाट सरकार गठनका लागि दाबी नपुगेपछि संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा गुरुङ नियुक्त भएका थिए । भने बिहीवार उनले प्रदेश सभामा समर्थन प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८(५) बमोजिम बहुमतको सरकार गठनका लागि समय दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया