काठमाडौं । गण्डकी प्रदेशमा भइरहेको राजनीतिक चलखेलप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी गर्न पुगेका कांग्रेसका कृष्णचन्द्र नेपालीलाई नियुक्त नगरि रोकिएर राखिएको प्रति प्रवक्ता शर्मा आक्रोश व्यक्त गरेका छन् ।
शनिवार दिउँसो प्रवक्ता शर्माले द्वीट गर्दैै शीतल निवासकोझैँ षडयन्त्र पोखरामा नदोहोरियोस् भन्दै कडा चेतावनी दिएका छन् ।
ट्वीट गर्दै नेता शर्माले कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैँ विश्वासको मत दुई दिन अघि गुमाएको व्यक्तिको पुनः मुख्यमन्त्री दाबीले षडायन्त्रको आशंका बढाएको बताए ।
‘होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलिमा रास्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुइदिन अघि गुमाएका ब्यक्तिको पुन मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ ! तस्वीर बोल्छ- बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ l’ उनले भनेका छन् ।
मुख्यमन्त्री गुरुङले बिहीवार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १७८(५) बमोजिम नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिएकी थिइन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली बहुमत सदस्यसहित मुख्यमन्त्री दाबी गर्दै नियुक्तीको लागि प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए । तर २४ घण्टाको समय सकिने बेला पृथ्बीसुब्बा गुरुङले पुनः मुख्यमन्त्री दाबीका लागि पत्र पेश गरेका छन् ।
होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलिमा रास्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुइदिन अघि गुमाएका ब्यक्तिको पुन मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ !
तस्वीर बोल्छ- बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ l pic.twitter.com/oYMrO6dVsb
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 12, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया