नेतृत्वलाई योगेश भट्टराईको प्रश्न : कति पृथ्बीसुब्बाहरु पिल्सिरहनुपर्ने हो ?

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेताहरुको अंहकार र टकरावको कारण नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले हार व्यहोर्नुपरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले नेताहरुको अंहकार र शक्तिको टकराबमा कति पृथ्बीसुब्बाहरु पिल्सिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै नेता भट्टराईले ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? भन्दै टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्- ‘नेताहरुको अहंकार र शक्तिको टकरबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ?’

सबै प्रदेशमा एमाले भित्रको आन्तरिक द्वन्दका कारण पार्टी कमजोर भएकोतिर संकेत गर्दै सबै प्रदेशमा कामकारवाही पुनः संरचना गर्न ढिला गर्नु नहुने बताए । ‘सबै प्रदेशमा दलका काम कार्वाहीको पुनः संरचना गर्न ढिला नगरौ !’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?