पहिलो टेस्टमा दक्षिण अफ्रीकाद्वारा वेस्ट इन्डिज पराजित

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले घरेलु टोलीमाथि शानदार जित दर्ता गरेको छ।

‘ग्रोस इसलेट’मा सम्पन्न पहिलो टेस्ट खेलमा टस जितेर वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर वेस्ट इन्डिजले निकै नै खराब पारी खेल्यो। पहिलो इनिङमा वेस्ट इन्डिजको टोली मात्र ९७ रनमा अल आउट हुन पुग्यो। दक्षिण अफ्रिकाका लागि तिब्र गतिका बलरद्वय ‘इनऋच नर्ट्या’ र ‘लुङ्गी एनगिडी’ले क्रमशः ४ र ५ विकेट लिए।

जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ३२२ रनको विशाल योगफल तयार पार्यो। पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान ‘क्विन्टन डे कक’ले अविजित १४१ रनको पारी खेले। त्यस्तै ओपनर ‘एडिन मारक्रम’ले ६० रन जोडे।

दोस्रो इनिङमा २२५ रनले पछि परेको वेस्ट इन्डिज १६२ रनमै समेटियो। ‘रोस्टन चेज’ले सर्वाधिक ६२ रनको योगदान गर्दा बाँकि खेलाडी सस्तोमै समेटिए। दक्षिण अफ्रिकाका अर्का तिब्र गतिका बलर ‘कगिसो रबडा’ले ५ विकेट लिंदा खेल दक्षिण अफ्रीकाले इनिङ र ६३ रनले जित्न सफल भयो।

खेलमा दक्षिण अफ्रिकाका ‘डे कक’ ‘म्यान अफ दि म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?