काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आज बसेको प्रदेश सभाको बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
त्यससँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउनका लागि बाटो खुलेको छ ।
विपक्षी दलहरुले प्रदेश सरकार अल्पमतमा परेको भन्दै टिप्पणी गर्दै आएका थिए । तर आज बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेशको आगामी आर्थिक वर्षको बजेट असार १ गते सार्वजनिक हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया