काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ ।
आज शेयर बजार ३८.३२ अंकले वृद्धि भएर २,९८३.१० अंकमा पुगेर कारोबार रोकिएको छ । आज १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन ३ करोड ७ लाख ७६ हजार ४ सय ३९ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै,आज १ लाख ८२ हजार ४ सय ३० पटक कारोबार भएको छ । यो कारोबार अहिलेसम्मकै उच्च कारोबार हो । आज झन्डै ४० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कुल १८२ कम्पनीहरुको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया