सुनसरी । सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जना बालिकाहरुको मृत्यु भएको छ ।
आईतवार बेलुका ४ बजे ईनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ वर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबेकी थिइन् । उनको उपचारको लागि बिराट मेडिकल कलेज टंकी मोरङ पुर्याउँदा मृत्यु भई सकेको थियो ।
त्यसैगरी आईतवार दिउँसो ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकि टोलका भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया