अन्ततः गण्डकीका सांसद कृष्ण थापाको पद खारेज (आदेशसहित)

काठमाडौं । गण्डकी प्रदेशका रष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ ।

उनको विरुद्ध परेको रिट निवेदनको आधारमा सर्वोच्चले उनको सांसद पद खारेजीको घोषणा गरेको हो ।

आज सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।

यसअघि उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?