ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार

काठमाडौँ, ७ चैत – ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ ।मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो ।उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना हुनुहुन्छ ।ओमानको सोहारस्थित एक कम्पनीमा काम गर्न आएका कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएर अलपत्र अवस्थामा रहेको भन्ने उजुरीका आधारमा दूतावासको पहलमा नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ । उद्धार अवधिभर पीडित कामदारलाई ओमानस्थित प्रवासी नेपाली मञ्चले खान बस्नसमेतको व्यवस्थापन गरेकामा दूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?