निषेधाज्ञामा पनि शेयर बजारमा ऐतिहासिक रेकर्ड : यसकारण लगानीकर्ताको ओइरो

लोकपथ
112
Shares

काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणकाबीच जारी निषेधाज्ञाको समय पनि शेयर बजारले भने हरेक दिन ऐतिहासिक उचाई कायम गरिरहेको छ ।

हाल देशैभरि निषेधाज्ञाको कारण अत्यावश्यक बाहेकका हरेक क्षेत्र लगभग ठप्प छन् । यस्तो अवस्थामा लगानी गर्ने अन्य ठाउँहरु प्नि प्रभावित भएका छन् । जसको लगानीकर्ताहरु शेयर बजारलाई नै लगानीको माध्यम बनाएका छन् ।

त्यति मात्रै होइन, अहिले ठुला ठुला लगानीकर्ता मात्रै नभइ विद्यार्थी, गृहिणी लगायत समाजका हरेक तहका मानिसहरुले शेयर बजारलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । त्यसैले पनि पछिल्लो समय शेयर बजारले उचाई छुन थालेको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ‘समाजका हरेक वर्ग शेयर बजारतिर आकर्षित हुन थाले त्यसैले पनि बजार बढेको छ ।’ उनले भने । अहिले बैंकहरुले सिंगल डिजिटको ब्याजदरमा ऋण दिइरहेका छन् । त्यसैले पनि लगानीकर्तालाई सहज भएको रौनियारको ठहर छ । साथै अनलाईको सुधार तथा आइपिएसको माध्यमबाट कारोबार गर्न सहज भयो । त्यसले गर्दा बजारले व्यापकता पाएको अध्यक्ष रौनियार बताउँछन् ।

त्यसैगरी, पछिल्लो समय एनआरएनको लगानी पनि शेयर बजारमा आउने कुरा छ । थोरै थोरै पैसा कमाउनेहरु पनि शेयर बजारमा छिर्न थालेका छन् । जसले गर्दा शेयर बजार बढ्नुमा महत्वपूर्ण भूमिका खेलेको छ । विदेशबाट रेमिटेयान्स पनि प्रशस्त मात्रामा आइरहेको छ । सो रेमिट्यान्स पनि शेयर बजारमा लगानी भएको छ । जसले गर्दा बजार निरन्तर बढिरहेको छ । त्यस्तै,नियामक निकायहरुले पनि एक वर्षभित्रमा धेरै सुधार गरेका छन् । ब्रोकरहरुको कमिशन,ट्याक्स मार्जिन ल्यांडिङ लगायतका धेरै कुराहरुमा सुधार गरेका कारण पछिल्लो समय शेयर बजारमा सुधार आएको अध्यक्ष रौनियारको ठहर छ ।

त्यसका साथै शेयर कारोबारलाई देशैभरी विस्तार गर्ने गरी सरकारले पनि तयारी गरिरहेको छ । पछिल्लो समय आइपिओमा १० कित्ते प्रणालीका कारण पनि बजार बढेको छ । पछिल्लो समय शेयर कारोबारका लागि ३ हजार ७ सय भन्दा बढी डिम्याट खाताहरु खुलिसकेका छन् भने कुल जनसंख्याको करिब १५ प्रतिशत शेयर बजारमा प्रवेश गरिसकेका छन् ।

जसका कारण लगानीकर्ताको मनोबल उच्च भएको छ । त्यसैले उनीहरु लगानी गर्न लालायित भएकाले बजारमा सकारात्मक सर्किट देखिएको छ ।

तर शेयरमा लगानी गर्ने भन्दैमा जुन पायो त्यहि कम्पनीको शेयरमा लगानी गर्न रौनियार सुझाउँछन् । राम्रा र बढी नाफा कमाउने कम्पनीहरुको शेयर किन्न उनको आग्रह छ ।

कोरोनाको पहिलो चरणदेखिन नै शेयर बजारमा लगानीकर्ताहरु थपिँदै गएका छन् । अहिले शेयर बजारमा ४० लाख भन्दा बढी लगानीकर्ताहरु छन् । अन्य क्षेत्रमा लगानी गर्ने अवस्थामा नभएपछि बैंकमा तरलता थुप्रिएर बस्यो । त्यो तरलता पनि केही मात्रामा शेयर बजारमा आयो । त्यसका साथै शेयर धितो राखेर लिने कर्जाको ब्याजदर पनि कम छ । जसका कारण शेयर बजारमा आउन आकर्षित गराइरहेको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

त्यसका साथै पछिल्लो समय विद्यार्थी,गृहिणी तथा अन्य क्षेत्रका धेरै लगानीकर्ता भित्रिएकाले बजार बढ्न थालेको अध्यक्ष पोखरेलको तर्क छ ।

यस्तो आजको कारोबार

साताको दोस्रो दिन सोमवार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

आज बजार ४२.७२ अंकले बढेसँगै नेप्से परिसुचक ३ हजार भन्दा बढीमा गएर रोकिएको छ ।

शेयर कारोबार मापक नेप्सेका अनुसार आज बजार ३ हजार २५ अंकमा बन्द भएको छ । जुन हालसम्मकै उच्च हो ।

आज दिनभरीमा १८ अर्ब ८८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, २२१ कम्पनीको शेयर कारोबार भएकोमा सबैभन्दा बढी सिद्धार्थ बैंकको मूल्य बढेको छ ।

यसपछि लक्ष्मी, सनराइज, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, नेपाल एसबीआइ र सेञ्चुरी बैंकको मूल्य बढेको छ । जसले गर्दा शेयर कारोबारमा एैतिहारिक उचाई हासिल गर्न सफल भएको हो । सोमवारको नेपाल इन्स्योरेन्स, खानीखोला, जोशी, घलेम्दी, ङादी, ओरेन्टल होटल, सीइडीबी हाइड्रो, तारागाउँ रिजेन्सी (ह्यात) को सेयर मूल्यमा बढेर सर्किट लागेको छ । होटल तथा पर्यटन क्षेत्रको सूचक १५८ अंकले बढेको नेप्सेले जनाएको छ ।

यसैगरी सोमवार व्यापार, विकास बैंक, जलविद्युत, अन्य, जीवन बीमा र सामूहिक लगानी कोष समूह घटेको छ । विकास बैंकहरुको कारोबार ५६ अंकले घटेको छ । तर सिन्धु विकास बैंक, कर्णाली विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको मूल्य बढेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?