आफू ‘डीएसपी’ हुँ भन्दै मेडिकल फर्म सञ्चालन गर्दै आएका नक्कली ‘डीएसपी’ पक्राउ

लोकपथ
315
Shares

काठमाडौं । आफू प्रहरी नायब उपरीक्षक डीएसपी हुँ भन्ने नक्कली डीएसपी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आफूलाई डीएसपी भन्ने काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ढुङ्गानाले फेसबुकमा नेपाल प्रहरीको पोशाक लगाएको फोटो राखेका थिए ।

ढुङ्गानालाई प्रहरीले तारकेश्वर नगरपालिकामा रहेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो । उनले आफू डा एस के ढुङ्गाना र प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’  भन्दै मेडिकल सञ्चालन गर्दै आइरहेका थिए ।

साथै पक्राउ परेका ढुङ्गानाले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डीएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डीएसपी बताउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ढुङ्गानाबाट नेपाल प्रहरीका विभिन्न पदहरूको पोशाक लगाएका फोटो डीएसपीको पोशाक १ थान , नेपाल प्रहरीको जर्सी १ थान र मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?