अवैध लागूऔषधसहित २ जना पक्राउ, टेम्पो चालक फरार

काठमाडौं । प्रहरीले कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईस्थित सडकबाट करिब ९ ग्राम ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने २८ वर्षीय सुरेन्द्र विष्ट र सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष राना रहेका छन् । सु.प.प्र.०१-००८ प ८५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बारा, निजगढ नगरपालिका(१२ बुम्जोरबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा राति प्रहरीले बरामद गरेको छ ।

प्रदेश नम्बर २-०३-००१ ह ३२१ नम्बरको टेम्पोलाई अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । प्रहरीका अनुसार लागूऔषध बरामद गरेपनि टेम्पो चालक भने फरार रहेका छन् ।

पक्राउ परेकाविरुद्ध कारवाही अगाडी बढाइएको र फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?