शेयर बजारमा बेथिति : ५१ कम्पनीको लगानी जोखिममा (नामावलीसहित)

लोकपथ
5k
Shares

काठमाडौं । शेयर बजारका लगानीकर्ताको ठूलो लगानी जोखिममा पर्ने देखिएको छ ।

नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले लगानीकर्ताको लगानी जोखिममा परेको खुलाशा गरेको छ। बोर्डले गरेको अध्ययनले शेयर बजारमा विभिन्न ५१ वटा कम्पनीहरुको शेयर मूल्यमा अस्वभाविक उतावचढाव भएको र लगानीकर्ताको लगानी जोखिममा परेको देखाएको हो ।

बोर्डले गरेको अध्ययनमा  हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा अप्राकृतिक वृद्धि गराई कारोबार भएको देखिएको छ। जसले गर्दा लगानीकर्ताको ठूलो लगानी जोखिममा परेको हो । ‘हाम्रो अध्यननले लगानीकर्ताको लगानी जोखिममा परेको निष्कर्ष निकालेका छौँ ।’ बोर्डका प्रवक्ता निरज गिरी भने ।

दोषीलाई जतिसक्दो छिटो कारवाही गरिने बोर्डले जनाएको छ । लगानीकर्ताहरुलाई बोर्डले बेला बेलामा शेयरमा लगानी गर्दा सचेत भएर लगानी गर्न आग्रह गर्दै आए पनि जथाभावी लगानी गर्दा लगानी जोखिममा परेको प्रवक्ता गिरीको भनाई छ।

पछिल्लो समय केही कम्पनीहरुको शेयर मूल्य पटक पटक बढेपछि शेयर कर्नरिङको आशंका गर्दै बोर्डले कमिटी बनाई अध्ययन गरेको थियो । केही वर्ष अघिदेखि राम्रो वित्तीय विवरण नभएका तथा विवरण नै प्रकाशित नगरेका कम्पनीहरुको कम्पनीहरु बोर्डले सूचीकृत गरी अन्य विवरण सहित अर्थ मन्त्रालय प्रतिवेदन पेश गरेको छ। यस्ता कम्पनीहरुको शेयरमा माग र मूल्य स्वभाविक नभएको भन्दै छानविन भइरहेको बोर्डले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?