काबुल, अफगानिस्तान, ७ चैत – काबुलमा पर्सियाली नयाँ बर्ष मनाइरहेका नागरिकहरूलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा बुधबार कम्तिमा २९ जनाको मृत्यु भएका अफगानी अधिकारीले जनाएका छन् ।मृतकमध्ये अधिकांश किशोरकिशोरी रहेका बताइएको छ । उक्त घटनामा कम्तिमा ५२ जना घाइते भएका छन् भने केही गम्भीर रूपमा घाइते भएका बताउँदै अफगानी स्वास्थ्य मन्त्रालयले मृतक सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।तर गृह मन्त्रालयका गृहमन्त्रालयका प्रवक्ता नसरत रहिमीले २६ जनाको मृत्यु भएको र १८ जना घाइते भएका बताउनुभयो । आक्रमणमा मारिएका तथा घाइते सवै सर्वसाधारण रहेको जनाइएको छ ।घटनाको इश्लामिक स्टेट समूहको अमाक नामक सञ्चारमाध्यम मार्फत जिम्मेवारी लिएको छ । अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिवानी समूहले भने ट्वीटरमार्फत घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको थियो ।आक्रमणकारी पैदलयात्रीका रूपमा काबुल विश्वविद्यालय तथा एक अस्पताल नजिकै पुगेपछि तामझामले नयाँ बर्ष मनाइरहेका युवाहरूलाई लक्षित गरी बिष्फोट गराएको रहिमीले बताउनुभयो ।अफगानिस्तानको राजधानीमा भराइए ठूला विष्फोटमध्ये यो पाँचौँ आक्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया