हिमालयन डिस्टीलरी र शिवम् सिमेन्टका लगानीकर्ता पनि जोखिममा, यसरी आकाशिएको थियो शेयर मूल्य

काठमाडौं । विभिन्न ५१ कम्पनीहरुले शेयर मूल्यमा गरेको चलखेलका कारण लगानीकर्ताहरु जोखिममा परेका छन् ।

पूँजीबजार नियामक निकाय निकाय नेपाल धितोपत्र बोर्डले तथ्यांक सार्वजनिक गर्दै विभिन्न ५१ कम्पनीले शेयर मूल्यमा गरेको चलखेलका कारण लगानीकर्ताको लगानी जोखिममा परेको भन्दै अध्ययन थालेको छ ।

ती ५१ मध्ये शिवम् सिमेन्ट र हिमालयन डिस्टीलरी कम्पनीको शेयर लगानीकर्ता समेत जोखिममा परेका छन् ।

केही समय अघिदेखि बजारमा छोटो समयमा नै शेयर बजारमा लगानीकर्ताहरुलाई आकर्षीत गर्न कम्पनीहरुको होडबाजी नै चलेको थियो ।
२०७३ साउन २ गते हिमालयन डिस्टीलरीको शेयर मूल्य ४९५ रहेको बोर्डको तथ्यांकले देखाउँछ । त्यसबेला नेप्से परिसुचक १८८१ दशमलव ४५ अंक रहेको थियो । हाल कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५ हजार ४ सय ९५ पुगेको छ । त्यसो त २०७७ को बैशाख ३० गतेको तथ्यांक हेर्ने हो भने हिमालयको प्रतिकित्ता मूल्य १ हजार २ सय ४२ मात्रै रहेको थियो । एक वर्षको अवधीमा नै शेयर मूल्य यसरी बढ्नुले धेरैलाई ससंकित बनाएको थियो ।

यसैगरी यता शिवम् सिमेन्टको शेयर मूल्यमा पनि अनपेक्षित रुपमा बढेको पाइएको छ । २०७७ साल वैशाख ३० गतेको तथ्यांक हेर्ने हो भने प्रतिकित्ता ४७३ रहेको थियो । भने २०७८ जेठ ३१ गतेसम्म आइपुग्दा प्रतिकित्ता शेयर मूल्य बढेर १ हजार ५ सय ९२ पुगेको देखिएको छ ।

त्यसमध्ये छोटो समयमा नै लगानीकर्ताहरुलाई आकर्षित गरि राम्रो छवि बनाएका निफ्रा, चन्द्रागिरि लगायतका कम्पनीका लगानीकर्ता समेत जोखिममा परेको थियो ।

यो पनि

शेयर लगानीकर्ता असुरक्षित स् निफ्रा, चन्द्रागिरि हिल्स लगायतका कम्पनी जोखिममा (पूर्णपाठ)

शेयर बजारमा बेथिति : ५१ कम्पनीको लगानी जोखिममा (नामावलीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?