समावेशीका लागि सार्वजनिक सेवामा प्रविधिको प्रयोग

काठमाडौँ, ७ चैत – नेपाललाई विश्वसँग जोड्दै विकासका अवसरलाई समावेशी, प्रजातान्त्रिक एवं सबल बनाउन प्रविधिमैत्री हुनुपर्नेमा जोड दिइएको छ ।संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) ले आज आयोजना गरेको सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागीहरुले प्रविधिमैत्री प्रशासन लागू गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।विज्ञान तथा प्रविधिमन्त्रालयका उपसचिव कृष्ण गैरेले सार्वजनिक सेवालाई सुधार गर्दै प्रविधि प्रयोग गरेर छिटो छरितो र सेवाग्री बनाउनुपर्नेमा जोड दिए ।त्यसैगरी सम्मेलनमा ल्याइएका रोबट सोफियाले नेपालमा सूचना प्रविधिको सुविधा बढ्दै गएको र कतिपय कम्प्युटर एप्सहरु निःशुल्क पाइने भएकाले स्वाथ्य, शिक्षा एवं अन्य आवश्यकीय सेवा प्रविधिमार्फत उपलब्ध गराउन सकिने बताए ।त्यसैगरी युएनडिपीका देशीय निर्देशक रेनाउड मियरले सार्वजनिक सेवालाई सहीरुपमा जनतासमक्ष पु¥याउनका लागि प्रविधिको प्रयोगलाई ध्यान दिनुपर्ने बताए ।युएनडिपीका आवसीय प्रतिनिधि भेलेरी जुलियन्डले समावेशीता र समानताका लागि प्रविधिको प्रयोग आवश्यक भएको बताए । सम्मेलनमा सुशासन, स्वास्थ्य सेवा, ई–शिक्षालगायतका विविध विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?