जहिल्यै बर्खा आउँछ, अनि दुख्छ सिन्धुपाल्चोक

लोकपथ
2.2k
Shares

सिन्धुपाल्चोक । प्राकृतिक प्रकोपका कारण वर्षेनी सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति हुने गर्दछ ।

२०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्प होस् या जुरे पहिरोे देखि अन्य मानवीय क्षतिका बिर्सिन नसकिने घाउका डोबहरु छ सिन्धुपाल्चोकसँग । अझ वर्खायाम शुरु भएपछि त झन भौतिक र मानवीय क्षतिले क्षतविक्षत हुने गर्दछ ।

२०७१ सालमा सयौँ मानिसको हताहत हुनेगरि आएको जुरे पहिरोले दिएको पीडा स्थानीयले भुल्न नपाउँदै २०७२ सालको महाभूकम्पले झन ठूलो पीडा दिएर गयो । वर्ष दिन भन्दा बढी समयदेखि कोरोना महामारीको कारण देश त्राहिमाम बनिरहेको सिन्धुपाल्चोक बाढी पहिरोले थप पीडित बन्ने देखिएको छ ।

प्रत्येक वर्षको वर्खायाम आउँन थालेपछि देशका विभिन्न जिल्लामा भन्दा बढी क्षती सिन्धुपाल्चोकले बेहोर्नु परिरहेको छ । गत वर्ष ठूलो जनधनलाई क्षत विक्षत बनाएको घाउ सुक्न नपाउँदै यस वर्ष पनि त्यहाँ बाढी पहिरोका घटनाहरुले क्षति पुर्याउन थालेको छ ।

आज मात्रै सिन्धुपाल्चोकको हेलम्बुमा दिउँसोदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ ।
एक स्थानीयले दिएको जानकारी अनुसार अहिले हेलम्बु, मेलम्ची लगायतका क्षेत्रका धेरै मानिसहरु घर छोडेर सुरक्षित स्थानमा पुगेका छन् । भने कतिपय जोखिम नै मोलेर घरमै बस्न बाध्य छन् । जतासुकै बाढी र पहिरोको कारण त्यहाँ मानिसहरु अहिले त्राहिमाम बनिरहेको स्थानीय रमेशराज भण्डारीले लोकपथलाई जानकारी दिए।

‘माछाफर्महरु हेलम्बुमा बढी थिए । हेलम्बुमा भएका ९र१० वटा माछा फर्महरु बगाएका छन् । त्यससँगसँगै रिसोर्टहरु थिए । त्यो एउटापनि छैन । खोला छेउको बस्तीहरु टिम्मुदेखि हेलम्बु मेलम्चीसम्म नै क्षत विक्षत रहेको छ । मेलम्ची खोला खोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ । क्षतिका कारण मेलम्ची खानेपानी आयोजनामा काम गर्ने १२ जना कामदारहरु समेत हराइरहेको भन्ने आंकलन गरिएको छ ।’  उनले लोकपथसँग भने ।

साथै त्यहाँका विभिन्न स्थानीय जनप्रतिनिधिहरुसँग कुराकानी गर्दा अहिले धेरै ठाउँको अवस्था दयानीय छ । एक कमजोर भौगोलिक बनावट र अर्कोतिर बेलैमा सरकारको क्षति न्यूनिकरणका लागि पहल नगरिदिँदा वर्षेनी जनताहरु मारमा परेको गुनासो उनीहरुको रहेको छ ।

अन्य वर्षमा भन्दा यस वर्ष बाढी पहिरोको असर धेरै हुने मौसमविद्हरुको आंकलन रहेको छ । मौसमविद्हरुले पूर्व तयारीको गर्न नसकेमा ठूलो मानवीय क्षति हुने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?