सिन्धुपाल्चोक अपडेट : रोकिएन अझै वर्षा, थाङपालका स्थानीयलाई सुरक्षित स्थानमा लगियो

सिन्धुपाल्चोक । जिल्लाका विभिन्न ठाउँहरुमा आएको बाढीका कारण जनधनको क्षतिको आंकलन गरिएको छ ।

यसैक्रममा जिल्लाको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित लार्के क्षेत्रमा भीषण पहिरो खसेको छ ।

पहिरोका कारण इन्द्रावती नदी थुनिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । उनका अनुसार दिउँसैबाट आएको बाढीले पहिरो खसेको र लार्केको पहिरोले नदीको बहाव तिपेनी बजारमा पसेको छ ।

३ दिनदेखि परेको अविरल वर्षाका कारण लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो । जसको कारण सो क्षेत्रमा अहिले भीषण बाढी आइरहेको छ । तिपेनी बजार नजिकै रहेको इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्यामबाट पानी ओरभफ्लो भएपछी नदीकिनारका बस्तीहरु जोखिममा परेको अध्यक्ष लामाको भनाइ रहेको छ ।

भीषण बाढीका कारण मानिसहरुको भागाभाग भएको र सबैलाई सुरक्षित स्थानमा लगिएको उनले बताए । पानीको अहिलेपनि निरन्तर नै परिरहेकाले क्षतिको अनुमान गर्न नसकिएको उनले बताए ।

यो पनि
जहिल्यै बर्खा आउँछ, अनि दुख्छ सिन्धुपाल्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?