हुनेवाला श्रीमतीलाई कपडा किन्न बोलाएर घाँटी थिचि हत्या, सडक किनारामा फलेका थिए शव

लोकपथ
553
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक पुरुषले आफ्नो हुनेवाला श्रीमतीको हत्या गरेका छन् । उत्तर प्रदेशको जनपद मुरादाबादमा जितिन नामका एक युवकले आफ्नो हुनेवाला श्रीमती टीनालाई विवाहको कपडा किन्न भनेर बोलाएर उनको हत्या गरेका छन् ।

जितिनले टीनाको घाँटी थिचेर हत्या गरेको र शव सडक किनारामा फ्याकेर फरार भएका भारतीय प्रहरीले बताएका छन् । सडक किनारामा महिलाको शव भेटिएको खबर पछि प्रहरी घटनास्थल पुगेको थियो ।

टीनाका परिवारका अनुसार जितिनले टीनालाई कपडा किन्ने बाहानाले बोलाएका थिए र त्यसकै १ घण्टाकोबीचमा टीनाको सडकमा शव फेला परेपछि जितेनले नै हत्या गरेको भन्दै प्रहरीकोमा उजुरी दिएका छन् ।

उजुरी पछि प्रहरीले जितिनलाई पक्राउ गरेको छ । टीना र जितिनको विवाह २० जुनमा हुन लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?