काठमाडौं । बारामा एका बिहानै शङ्कास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । विश्रामपुर गाउँपालिकाको बाटो छेउमा शव विश्रामपुर-२ बस्ने २६ वर्षीय भादो बैठाको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले लोकपथलाई बताए ।
‘मृतक बैठाको शरीरमा निलडाम नै निलडाम रहेको र घटना अन्तै कतै भएको र शव याहाँ ल्याएर फालेको हुनसक्ने उनले बताए । बाटोमै शव भेटिएको छ । शरीरमा निलडाम नै निलडाम छ ।’ डीएसपी मिश्रले बताए ।
बरैनिया बजार जाने बाटोको छेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘
हत्या भएको हो कि भन्ने आशङ्का छ घटनाबारे थप अनुसन्धान गर्न तालिमप्राप्त कुकुरको टोली महोत्तरीबाट मगाएका छौं ।’ डीएसपी मिश्रले बताए ।
घटनास्थलको अनुसन्धान सकिएपछि शव पोष्टमार्टमका लागि पठाउने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया