श्रीमतीको घाँटी रेटी हत्या गरेपछि बच्न श्रीमान गरे यस्तो नाटक

लोकपथ
525
Shares

काठमाडौं । भारतमा विकाश नाम गरेका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आफ्नी २५ वर्षीया श्रीमती प्रियंकाको घाँटी रेटी हत्या गरेका हुन् ।

विकाशले आफ्नो श्रीमतीको हत्या पछि निकै ठूलो नाटक गरेका थिए । घटनाको सत्य विवरण बाहिर आएपछि सबैजना अचम्मित भएका छन् ।

कसरी भयो घटना ?

विकाश र प्रियंकाबीच सामान्य विवाद चलिरहेको थियो । विवादकै क्रममा विकाशले चक्कुले प्रियंकाको घाँटी रेटीदिए । प्रियंका अर्धचेत अवस्थामा पुगेपछि विकाश हल्ला गर्न थाले घरमा चोर आयो ।

मध्य रातमा चोर आयो भनेपछि सबै छिमेकीहरु उसको घरमा गए । घरमा आएका सबैजनालाई उनले घरमा चोर आएको र प्रियंकाको घाँटी रेटेर फरार भएको बताए ।

छिमेकीहरु आइपुग्दा प्रियंकाको मृत्यु भइसकेको थियो । त्यसपछि विकाशले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा अनुसन्धान पछि विकाशलाई नियन्त्रणमा लिएको छ र प्रियंकाको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।

प्रहरीले अनुसन्धानपछि विकाशले नै प्रियंकाको हत्या गरेको पत्ता लगाएको छ । हाल प्रहरीले विकाशलाई नियन्त्रमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?