काठमाडौं । सरकारले देशभरका सबै सरकारी अस्पतालहरुमा कोरोना संक्रमण (कोभिड(१९) का बिरामीहरुलाई निशुल्क उपचारको व्यवस्था गरेको छ ।
त्यसैगरी सरकारले सबै सरकारी साथै देशभरका विभिन्न ८३ वटा निजी अस्पतालहरुसँग सम्झौता गरि निशुल्क उपचारको व्यवस्था गरेको छ ।
जेठ २६ गते अस्पतालहरुको सूची सार्वजनिक गर्दै निशुल्क उपचारको सुविधा उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सुचिकृत अस्पतालमा उपचार गर्दा शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यलय, प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजुरी गर्न सरकारले अनुरोध गरेको छ ।
साथै ती अस्पतालहरुमा सशुल्क उपचार लिन चाहनेहरुले समेत सशुल्क उपचारको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया