१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरि फरार अभियुक्त पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । सुनसरीमा जबरजस्ती करणी गरि फरार रहेका १ जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरि फरार रहेका इनरुवा नगरपालिका-९ बस्ने ३४ वर्षीय प्रमोद मेहतालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई गत जेठ ३ गते जबरजस्ती करणी गरि फरार रहेका उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई गढी गाउँपालिकाबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?