विपक्षी गठबन्धनको आरोप : ‘प्राकृतिक विपत्तिको सामना गर्न सरकार उदासिन’

लोकपथ संवाददाता
56
Shares
sf7df8f}F * ,h]7 M g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf,g]skf Pdfn]sf jl/i7 g]tf dfwjs’df/ g]kfn, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn k|r08, h;kf g]tf 8f afa’/fd e66/fO{nufot afg]Zj/df a;]sf] ljkIfL bnx?sf] a}7sdf ;xefuL . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै त्यसबारे बताएका हुन् ।

विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।

यस्तै गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान समेत गरिएको छ ।

विज्ञप्ति जारी गर्नेमा देउवा–प्रचण्डसहित एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?