काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा अफिसियलहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
राष्ट्रिय टोलीका सबै सदस्यले बिहीवार जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरमा कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन्। जुन १३ तारीख फिफा विश्वकप तथा एसियन कप २०२३ अन्तर्गत समूह चरणको छनोट खेल खेलेर कुवेतबाट स्वदेश फर्किएको राष्ट्रिय टोलीका सदस्यहरुले आ-आफ्नो घर जानु अघि आज खोप लगाएका हुन्।
नेपाली राष्ट्रिय टोलीले कुवेतमा ३ खेल खेल्दा चाइनिज ताइपेइविरुद्ध २-० को जित दर्ता गरेको थियो भने बलिया टोली जोर्डन र अस्ट्रेलिया दुवैसँग ३-० गोलले हार बेहोरेको थियो। फिफा विश्वकप २०२२ बाट बाहिरिए पनि नेपाल चीनमा आयोजना हुने एसियन कप २०२३ को तेस्रो चरणमा पर्न भने सफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया