धनगढी । डोटीमा पहिरोमा परेर दुईजना बालबालिकाको मृत्यु भएको छ ।
बाख्रा चराउन वन गएका ती बालबालिका पानी परेपछि ओत लाग्न ओडारमा बसिरहेको वेला एकाएक पहिरो आएपछि च्यापिएर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।
बिहीबार जिल्लाका दीपायल सिलगढी नगरपालिका – ५ का ७ वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
पहिरोमा पुरिएको थाहा भएपछि नेपाल प्रहरी र स्थानीयले पहिरो पन्छाउँदा उनीहरु मृत फेला परेका हुन् । बुधबार मात्रै जिल्लाको केआइ सिंह गाउँपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परी ज्यान गएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि लगातार रुपमा पानी परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया