बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । ललितपुरमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले वैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र बिगो बमोजिमको १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?